महाकाली नदीमा पानीको बढ्यो, सवारी साधनको आवागमन ठप्प

Mahakali

कञ्चनपुर । मंगलबारबाट लगातर परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ ।

पानीको बहाव बढेर १ लाख ४७ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ । नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले चार पाङ्ग्रे सवारीका साधनको आवागमनमा समेत रोक लगाएको छ ।

पुल सुरक्षाको कारण देखाउदै भारतीय पक्षले नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि चार पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाउने गरेको छ ।

दार्चुलामा पानीको सतह ४ मिटर ५० सेन्टीमिटर छ भने डडेल्धुराको परी गाउँमा ५ मिटर ७० सेन्टिमिटर रहेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र जनाएको छ ।

प्रतिकृया दिनुहोस