लालबकैयामा डुंगा दुर्घटना : २ को शव भेटियो, अझैं ३ जना वेपत्ता

Gaur dunga accident

 रौटहत । रौटहतको लालबकैया नदीको तिकुलिया घाटमा शनिबार साँझ डुंगा दुर्घटना हुँदा हराइरहेकामध्ये २ जनाको शब भेटिएको छ । अझैं डुंगा दुर्घटनामा तीनजना अझै बेपत्ता छन् ।

शनिबार साँझ साँढे ७ बजेतिर रौतहटको गौर नगरपालिका –४ स्थित लालबकैया नदीको तिकुलिया घाटमा डुंगा दुर्घटना भएको थियो । सो डुंगा पल्टिदाँ गौर नगरपालिकाका –४ का ६५ वर्षीय शान्ति देवी शाह र औरहियाकी ३५ वर्षीय रुनादेवी पटेलको शव भेटिएको छ ।

उनीहरुको शव भारतको विहार जिल्लास्थित जमुवाघाट नजिक भारतीय प्रहरीले भेटाएको हो । अहिले उनीहरुको शव लिन रौतहटका सुरक्षा अधिकारीहरु भारततर्फ गएका छन् ।

सो डुंगा दुर्घटना हुँदा नन्दुदेवी पटेल, उश्मा पटेल र ओमप्रकाश चन्द्रवंशी अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ । डुंगामा रहेका २४ को जीवितै उद्वार गरिएको थियो ।

प्रतिकृया दिनुहोस