हिमालयन बैंकको श्रृंखलाबद्ध बदमासी, ऋणीलाई यसरी दियो दुःख

Himalaya bank

काठमाडौं । केही वर्षअघिसम्म हिमालय बैंकले आफुलाई सर्वेसर्वा ठान्ने गरेको थियो । तर, यसले कति बदमासी गरेको छ भन्ने कुरा पटकपटक उसले गरेका गल्तीले देखाएको छ ।

नेपालको नम्बर वान बैंक हुँ भन्ने हिमालय बैंकले मलेसियन कम्पनी म्याक्स मनी एसडीएन बिएचडीलाई ५ वर्ष अघिदेखि निरन्तर झुटो विवरण पेश गरेको रहस्य खुलेको केही समयमै आफ्नो ग्राहकलाई कसरी दुःख दिइरहेको छ भन्ने अर्काे रहस्य खुलेको छ ।

कालो सुचीमा परेका ग्राहकको नाम बैंकको ऋण चुक्ता गरेपछि हटाइन्छ । तर, हिमालय बैंकले कर्जा तिरिसक्दा पनि कालोसूचीबाट नाम नहटाएपछि राजेश्वरी श्रेष्ठले हिमालयन बैंकलाई कारबाहीको माग गर्दै नेपाल राष्ट्र बैंकमा उजुरी गरेकी छन् ।

श्रेष्ठले बैंकबाट लिएको ऋण तिर्न नसक्दा कालो सूचीमा राखेको थियो । तर, ऋण चुक्ता गरिसक्दा पनि कालोसुचीबाट हटाउने छाटकाँट नै नदेखाएपछि श्रेष्ठले आफुलाई बैंकको क्रियाकलापले मानसिक तनाव दिएको भन्दै उजुरी दर्ता गराएकी हुन् ।

बैंकको कर्जा तिरिसकेपछि पनि हिमालय बैंकले ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीबाट हटाउन लगाएको छैन । बैंकले हदैसम्म गरेपछि उनले नेपाल राष्ट्र बैंकमा उजुरी गरेकी छन् ।

हिमालयन बैंकले उनकै सम्पत्ति गैरबैंकिङ सम्पत्तिको रुपमा सकार गरी सो सम्पत्ति बिक्री गरेर ऋण असुली गरेको थियो । श्रेष्ठकै सम्पत्तिबाट कर्जाको रकम असुली गरिएको थियो । त्यसमा पनि लाभकर पनि श्रेष्ठलाई नै तिराइएको थियो । बैंक स्वयंले तिर्नुुपर्ने लाभकर पनि ऋणीलाई नै तिराएको थियो ।

यसअघि हिमालय बैंकले अर्वाैको घोटाला गरेको भन्दै म्याक्स मनि एसडीएन बिएचडीका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेरै सन् २०११ देखि सन् २०१६ सम्म हिमालयन बैंकले झुटो विवरण पेश गरेको ठोकुवा गरेको थियो । बैंकले झुठो विवरण पेश गरेरै तीन अर्ब भन्दा बढी रकम भुक्तानी पेश गरेको सो कम्पनीको दावी थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...