महानगरपालिकाले घर बहाल कर १० प्रतिशत लिने

Kathamandu nagapalika

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ ।

गत वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको काठमाडौँ महानगरपालिकाले यो वर्ष भने १० प्रतिशत मात्र कर उठाउने भएको हो । कामपाले चालु आर्थिक वर्षका लागि नागरिकलाई सहज हुने उद्देश्यले विभिन्न सिफारिस निःशुल्क गरेको छ ।

निःशुल्क सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न विद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपाङ्गत व्यक्ति, प्राकृतिक प्रकोपबाट भासिएको घर सिफारिसमा परेका छन् ।

त्यस्तैगरि घटना दर्ता जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद जस्ता घटनाको सिफारिस पाउन ३५ दिनभित्र दर्ता गराए मात्र निःशुल्क हुने व्यवस्था गरेको छ । गएको वर्ष १० हजार लिइँदै आएको वैवाहिक अङ्गीकृत नागरिकता सिफारिस दस्तुर घटाएको छ भने यो वर्ष दुई हजार ५ सय कायम गरिएको छ ।

व्यवसाय बन्द वा सञ्चालन सिफारिसमा गएको वर्ष २ हजार लिइँदै आएकोमा यसवर्ष एक हजार लिइने भएको छ । गत वर्ष जग्गा दर्ता सिफारिसमा पाँच हजार लिने गरिएको थियो । यस वर्ष घटाएर तीन हजार कायम गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...