एक अर्ब ६२ करोड राजश्व मदिरा उद्योगबाट

Rakasai

विराटनगर । मोरङका तीन वटा मदिरा उद्योगले गत आवमा १ अर्ब ६२ करोड ३७ लाख राजश्व बुझाएका छन् ।

मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले १ अर्ब २२ करोड ५५ लाख, बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले २५ करोड ६५ लाख र मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डिका डिष्ट्रिलरी प्रालिले २४ करोड १७ लाख राजश्व बुझाएको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयले राजश्व चुहावट रोक्नका लागि मदिरा उद्योगमा कर्मचारी खटाएर अनुगमनलाई तीव्र पारेको छ । उक्त तीनवटै मदिरा उद्योग ठूला करदाता कार्यालयमा गइसकेका आन्तरिक कार्यालयले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...