टिपरको ठक्करबाट एकको मृत्यु

A

रामेछाप । तामाकोशीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ की ५५ वर्ष सूर्यमाया तामाङलाई बा १ क ७७५४ नम्बरको टिपरले ठक्कर दिँदा सोमबार महिलाको घटनास्थलमै ज्यान गएको हो ।

सूर्यमाया सहकारीमा पैसा बचत गरेर घर फर्कंने क्रममा टिपरले सडकमा ठक्कर दिएको हो ।

प्रहरीले टिपर चालक उमेश पाण्डेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...