अनुगमन टोलीलाई भित्रै थुने कालीमाटी तरकारी बजारका ब्यापारीले

Kalimati tarkari bazar0

काठमाडौं । कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको टोलीलाई ब्यापारीहरुले भित्रै थुनेका छन् ।

सोमबार बिहान अनुगमनमा गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीकोे टोलीलाई भित्र राखेर ब्यापारीले गेटमा धर्ना दिइरहेका छन् । टोलीलाई छुटाउन अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ ।

काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि टोलीले नियन्त्रणमा लिएको थियो । बाराबाट आएको गाडीसहित चालक नियन्त्रणमै छन् । ललितपुरबाट आएको गाडी छाडेर चालक भागेका छन् ।

आपुर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भित्र रहेको अगुगमन टोलीलाई छुटाएर ब्यापारीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताए । उनले गृह मन्त्रालयलाई खबर भइसकेको र गृहले टोली छुटाउन प्रहरी पनि खटाइसकेको बताए ।

आपूर्ति सचिव चन्द्र घिमिरेले सिण्डिकेट र बिचौलिया हाबी हँुदा यस्तो स्थिती आएकाले कारवाही अगाडि बढाइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस