सवारी दुर्घटनामा एकको मृत्यु

Accident 300x204

महोत्तरी । बीपी राजमार्गअन्तर्गत महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

ना४ ख९९९९ नको बससँग र ज११ प५५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका ३ बस्ने ३० वर्षीय नेत्रबहादुर स्माइली मगरको घटनास्थलमै ज्यान गुमाएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिको कारण मोटरसाइकल अनियन्त्रित भएर बससँग ठोक्किएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...