२५ लाख लुटपाटमा संलग्न रहेको दुई पक्राउ

25 lakh chor

लहान । साउन २४ गते भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–१४ निवासी २२ वर्षीय कमलेशकुमार मण्डल र सिरहाकै विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी २५ वर्षीय महेशकुमार यादवले २५ लाख ६० हजार लुटपाटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिए ।

सिरहाको मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट रकम उठाएर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनि ट्रान्सफरका सञ्चालक कल्याणपुर नगरपालिका–११ निवासी राजाराम साह मोटरसाइकलमा जाँदै गर्दा गत साउन २४ गते दिउँसो दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले पेस्तोल देखाई रकम लुटपाट गरेका थिए ।

 

प्रतिकृया दिनुहोस