विश्वविद्यालयको केन्द्रीय क्याम्पसका दुई सय विरुवा रोपिए

Brixya ropan

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा दुई सय विरुवा रोपिएका छ । क्याम्पस हाताभित्र विभिन्न प्रजातिका विरुवा रोपिएका हुन् ।

भीमदत्त नगरपालिका वन वातावरण शाखा, जिल्ला वन कार्यालय र सुप विश्वविद्यालय वातावरण विज्ञान समूहका विद्यार्थीहरुको स्टेप क्लबले शुक्रबार सामूहिक रुपमा वृक्षारोपण गरेको छ ।

भीमदत्त नगरपालिकाले नगरलाई क्लिन सिटी ग्रिन सिटी बनाउने लक्ष्यका साथ एक घर एक विरुवा वितरण र जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

भीनपाका वन वातावरण शाखा प्रमुख जीवछ यादवले स्वच्छ हरियाली बनाउन क्यामपसमा वृक्षारोपण गरिएको बताए । वृक्षारोपण कार्यक्रममा विश्वविद्यालयका वातावरण विषयका शिक्षक तर्कराज जोशी, स्टेप क्लबका अध्यक्षसहित पदाधिकारी, कर्मचारी र विद्यार्थीहरु सहभागी भएका छन् ।

केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र विष्टले विद्यार्थीहरुबाट वन वातावरण संरक्षणका लागि सकारात्मक सन्देश प्रवाह र भावी पुस्ताका लागि प्रेरणाको सोत बन्ने बताए ।

प्रतिकृया दिनुहोस