बाढीले घरबारविहीनलार्ई घर हस्तान्तरण

Ghar hastarnantar

पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीले बाढीपीडित दुई परिवारलाई घर हस्तान्तरण गरेको छ ।

विस. २०७४ साउन २४ गते आएको बाढीले घरबारविहीन बनेका माछापुच्छ«े गाउँपालिका –५ रिभानका कमला परियार र डम्बरबहादुर परियारलाई तीन कोठे घर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको पाँच लाख र विद्यार्थीले संकलन गरेको चार लाख ४७ हजार ६०० गरी कूल नौ लाख ४७ हजार ६०० को लागतमा घरनिर्माण गरिएको अनेरास्ववियु भूगोल जिल्ला कमिटी अध्यक्ष शेखर गौतमले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका नेता विष्णु केसीले निर्माण सम्पन्न भएको घर हस्तान्तरण गर्दै विपदमा परेका परिवारलाई विद्यार्थीको सक्रियतामा निर्माण गरिएको घरले पीडित परिवारलाई राहत मिलेको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

ब्रेकिङ : लाग्यो कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू

Kapitbartu karfyu

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि आज साँझ ५ बजेदेखि कर्फ्यू ...