बालक अपहरण प्रकरण : कोठामा कुटपिट, जंगलमा ‘प्रायोजित इन्काउन्टर’

Encounterr gopal

काठमाडौं । आइतबार काँडाघारीबाट अपहरणमा परेका निशान खड्काको सोही रात हत्या भयो । अपहरणपछि हत्यामा संलग्न दुई अपहरणकारी सोमबार प्रहरी इन्काउन्टरमा मारिए ।

अपहरणकारी नै इन्काउटरमा मारिएपछि प्रहरीले चौतर्फी स्यावासी पनि पायो । तर, प्रहरीले इन्काउन्टर प्रायोजित थियो भन्ने कमैलाई थाहा छ । त्यही भएर प्रहरी स्यावासीको पात्र बनेको छ ।

प्रहरीले भाग्दै गरेकालाई पछ्याउने क्रममा सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित सूर्य्विनायक जंगलमा प्रहरीमाथि नै फायरिङ गरेपछि आत्मरक्षाको लागि जवाफी फायरिङ गर्ने क्रममा गोपाल तामाङ र अजय तामाङ मारिएको दावी गरेको छ ।

घटनास्थलबाट प्रहरीले प्रहरीमाथि फायरिङ गरेको पेस्तोल र खोकासमेत बरामद भएको दावी गरेको छ । इन्काउन्टरको क्रममा प्रहरीले १८ राउन्ड गोली फायर गरेको जनाएको छ । प्रहरीले भागेका भनिएका गोपालमाथि १९ र अजयमाथि नौ राउन्ड गोली हानेको मुचुल्कासमेत उठाएको छ ।

तर, इन्काउन्टर भएको ठाउँ हेर्दा पनि उनीहरु गलत दिशातिर भाग्न खोजेको जस्तो मात्रै देखिन्छ । सूर्यविनायक गणेश मन्दिरबाट डोलेश्वर मन्दिर तथा पाइलट बाबा आश्रम जाने बाटोको दक्षिण सूर्यविनायक जंगलमा इन्काउन्टर भएको छ ।

यसरी भयो ‘प्रायोजित इन्काउन्टर’ 
इन्काउन्टरमा मारिएकाहरुबाटै प्रहरीले पहिले नै बालक हत्यापछि गाडेकोबारे सबै जानकारी पाएको थियो । प्रहरीले आइतबार रातभरिको खोजतलासपछि उनीहरुको लोकेसन पत्ता लगाइसकेको थियो । प्रहरीले सोमबार दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले मध्यपुर थिमी नपा ७ नगदेशस्थित श्याम लवटको नयाँ घरको हातीपाइला राख्न खनेको खाल्डो निशान खड्कालाई पुरेको अवस्थामा सोमबार प्रहरीले फेला पारेको थियो, जुन इन्काउन्टरमा मारिएका भनिएकाले नै सुचना दिएका थिए ।

गोपाल र उनका साथी अजय तामाङले सानोठिमीस्थित आफ्नो डेरामा राति ढिलो फर्कने जानकारी गराएका थिए । उनीहरू राति १२ बजे मात्र फर्किए । डेरामा फर्कंदा पूरै हिलाम्य भएको र राति नै लुगा र जुत्ता धोएर रेलिङमा सुकाएको उनका छिमेकीहरूले बताएका छन् ।

स्थानीयका अनुसार बिहान ७ बजे नै प्रहरी उनीहरूको डेरामा पुगेको थियो । उनीहरुलाई ढोका लगाएर बाहिर छिमेकीले समेत सुन्ने गरी पिटिएको थियो । पिट्दा उनीहरुले बालकको हत्या गरेको स्वीकार गर्दै गाडिएको ठाउँको लोकेसन बताइदिएका थिए ।

त्यही सुचनाकै आधारमा प्रहरीले बालकको शव निकाल्यो । त्यो बेलासम्म स्थानीयको भीड जम्मा भइसकेको थियो । स्थानीयका अनुसार शब निकालेपछि दुवैलाई आँखामा पट्टी बाँधेर बाहिर निकालिएको थियो । उनीहरुलाई ११ बजे प्रहरीकै गाडीमा लगिएको थियो ।

तर, दिउँसो १ बजे भने प्रहरीले नै ‘घ्याम्पेडाँडामा प्रहरीसँगको मुठभेडमा दुई अपहरणकारीको मृत्यु’ भएको सुचना सार्वजनिक गरेको थियो । प्रहरीले प्रहरीले आरोपीलाई गिरफ्तार गरेको ठाउँभन्दा ११ किलोमिटर टाढा जंगलमा लगेर इन्काउन्टर गरेको पाइएको छ ।

प्रहरीले नियन्त्रणमा लिएर टाढा जंगलमा लगेर इन्काउन्टर गर्दा घटना थप रहस्यमय बन्दै गएको छ । प्रहरीले अपहरणमा संलग्नलाई इन्काउन्टर गरेको कुराले जति स्यावासी पाएको छ, त्यति नै घटनाको सबै कुरा थाहा पाएपछि आलोचना हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...