दुई महिनापछि स्वदेश फर्किए डा. लोहनी

Dr.lohoni firta

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी झण्डै दुई महिना लामो अमेरिका बसाइपछि शुक्रबार नेपाल फर्किएका छन् ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका डा. लोहनी जेठ ६ गते अमेरिका गएका थिए । उनी असार २ र ३ गते अमेरिकाको सान फ्रान्सिस्कोमा भएको गैरआवासीय नेपालीहरुको ७औं सम्मेलनमा भाग दिन अमेरिका गएका थिए ।

शुक्रबार स्वदेश फर्किएका डा लोहनीलाई त्रिभुवन विमानस्थलको विशिष्ठ कक्षमा पार्टीका बरिष्ठ उपाध्यक्ष गणेश शेरचन लगायतका नेताहरुले स्वागत गरेको सहप्रवक्ता जनकराज पाठकले जानकारी दिए ।

झण्डै दुई महिना लामो अमेरिका बसाईका क्रममा डा. लोहनीले लसएन्जलस र क्यालिफोर्नियामा रहेका नेपालीसँग विभिन्न आर्थिक अन्तरक्रिया कार्यक्रमहरुमा सहभागीता जनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...