सरकारी हेलिकप्टर चढेर काठमाडौं आउलान् त डा. केसी ?

Kc 27

काठमाडौं । चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक आउनुपर्ने लगायतका माग १२ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसी र सरकारबीच जुहारी चल्न थालेको छ ।

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था उकमदमै कमजोर भएको भन्दै उनको उपचारमा संलग्न चिकित्सकहरुले तुरुन्तै काठमाडौं लगेर उपचार नगरे जे पनि हुन सक्ने चेतावनी दिएका छन् ।

त्यसैका आधारमा सरकारले डा. केसीलाई काठमाडौं ल्याउन खोजिरहेको छ । तर, डा.केसीले भने आफ्नोमाग पूरा नभएसम्म काठमाडौं नआउने अड्डी कसिरहेका छन् ।

सरकारले भने काठमाडौंबाट डा. केसीलाई लिन हेलिकोप्टर पठाउने तयारी गरेको छ । सरकारले डा. केसीलाई लिन नेपाली सेनाको एमआई–१७ नम्बरको हेलिकोप्टर जुम्ला पठाउने तयारी गरिएको छ ।

केसीले भने भने आफु बरु जुम्लामै मर्ने तर, सरकारले आफ्ना माग पूरा नगरेसम्म काठमाडौं नआउने अडानमा छन् । उनले सरकारले काठमाडौंबाट पठाएका चिकित्साकबाट पनि उपचार लिन मानेका छैनन् ।

‘डा. केसी अनसन बसेको अवस्थामा मर्नै परे यहीँ नै मर्छु भनिरहनु भएको छ’, चिकित्सकले भने, ‘हेलिकप्टर लिन आएकै भरमा काठमाडौं आउनुहुन्छ जस्तो लाग्दैन । यद्यपि काठमाडौं जाने कि नजाने उहाँको निर्णयको कुरा हो ।’

प्रतिकृया दिनुहोस