झुलाघाटमा सुन र नगदसहित २ जना पक्राउ

Ccc

बैतडी । सीमा बजार झुलाघाटमा चोरी पैठारी गरी सुन किनबेच भइरहेको अवस्थामा सीमाप्रहरी चौंकी झुलाघाटबाट खटिएको टोलीले सुन र नगदसहित २ जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउसो ३ बजे भारत पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षीय जगदीश बर्मा ६० ग्राम सुनसहित २४ हजार ३ सय ९० भारतीय रुपैयाँ र दशरथचन्द नगरपालिका-४, गढीका २१ वर्षीय बिशाल गहतराज ३ लाख २७ हजार ९ सय ८५ रुपैयाँ र ११ ग्राम ६ सय ६४ मिलीग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख नेत्रमणी गिरीले बताए ।

प्रहरी नायव निरीक्षक उमेशबहादुर पालको नेतृत्वको टोलीले दुवै जनालाई पक्राउ गरि आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...