रेलमार्ग निर्माण गर्न सुझाव संकलन सुरु

Rail 1

काठमाडौं । नेपालमा भारत र चीनबाट रेल आउने चर्चा चलेको लामै समय भयो तर रेल्वे विकासका लागि ठोस पहल भएको भने देखिंदैन । तर रेल विभागले चीन र भारतबाट रेल मार्गको विकास गर्ने विषयमा सुझाव लिने कार्यको थालनी गरेको छ।

विभागले आज एक कार्यक्रम गरी विदेशमा रेलमार्गका क्षेत्रमा कार्यरत इन्जिनियरहरुसँग नेपालको रेल मार्ग कसरी विकास गर्न सकिन्छ भनेर छलफल गरेको हो।
आइतबार विभागमा आयोजना गरिएको कार्यक्रममा थाइल्याण्डको लियो जोभियान थाई इन्जिनियरिङका प्रबन्ध निर्देशक वीरेन्द्रमान प्रधानले विशेष प्रस्तुती दिएका थिए।

विभागका महानिर्देशक अनन्त आचार्य, प्रवक्ता प्रकाश उपाध्याय, इन्जिनियर र प्राविधिकको टोलीलाई उनले सुझाव दिएका थिए। उनले जियो टेक्नोकोल स्टुमेन्टेसन, रेलवे ट्रयाक मोनिटरिङ सिस्टम, टनेल मोनिटरिङ सिस्टम र टनेल सिस्टमिक स्टडी प्रणालीबाट नेपालमा रेल निर्माण हुनुपर्ने उनले बताएका थिए।

यी प्रविधिहरु हाल एसियाली मुलुकहरुले प्रयोगमा आएको र यो विधिले रेगुलर मनिटरिङ हुने भएकाले सञ्चालनमा क्रममा हुनसक्ने विभिन्न प्रकारका दुर्घटनाको पूर्वजानकारी गराउने प्रधानले बताएका हुन्।

कार्यक्रममा विभागका महानिर्देशक आचार्यले विकसित मुलुकले अपनाएको यो प्रविधि प्रयोग गर्दा नेपालको रेलमार्ग निर्माणमा सहयोग पुग्ने र त्यसमा आफुहरु अघि बढ्न तयार रहेको बताएका थिए। विकसित मुलुकले प्रयोग गर्ने किसिमबाट नेपालमा पनि रेलमार्ग निर्माण गर्न सकिन्छ भने आधुनिक प्रविधिको प्रयोग गर्न सकिने आचार्यको भनाई थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...