अध्यक्ष भएपछि सक्रिय बन्न थाले शाही

Dhansur sgahi

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले धमाधम जनवर्गीय संगठन विस्तार गरिरहेको छ । अघिल्लो साउनमा पशुपति शमसेर राणाको नेतृत्वमा नयाँ पार्टी राष्ट्रिय प्रजातन्त्री पार्टी (प्रजातान्त्रिक) अहिले धमाधम जनवर्गीय संगठन बनाइरहेको हो ।

यही क्रममा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (प्रजातान्त्रिक) मा कालिकोटका धनसुर शाहीलाई अध्यक्ष बनाएको छ ।

राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय कार्यसमितिका सदस्य तथा पूर्वमन्त्री जगतप्रसाद गौचनको बसेको बैठकले शाहीलाई असार २२ मा अध्यक्ष बनाएको हो ।

अध्यक्ष बने लगत्तै शाहीले आफ्नो सक्रियता बढाएका छन् । शाहीले आफु अध्यक्ष बनेपछि पार्टीमा पहिले विद्यार्थीका पूर्व केन्द्रिय अध्यक्ष र पदाधिकारीसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

पार्टीले अध्यक्षको जिम्मेवारी पाएपछि उनले राप्रवि संघका सस्थापक अध्यक्ष सुरेन्द्र केसी, निवर्तमान अध्यक्ष प्रेम बलायर, उपाध्यक्ष रमेश पौडेल, पूर्वअध्यक्ष मोहनकाजी भण्डारी, उपाध्यक्ष गोपी ढकाल, सचिव गोपिचन्द्र शर्मा महासचिव श्याम लामा, पूर्व विद्यार्थी नेता तथा पार्टी केन्द्रिय नानीमैया आचार्य लगायतसँग भेटघाट गरेका छन् ।

उनले भेटका क्रममा उनले भावी दिनमा कसरी विद्यार्थी संगठनलाई अघि बढाउन सकिन्छ भनेर परामर्श लिइरहेका छन् ।

कालिकोटमा जन्मिएका शाही यसअघि २०६४ मा सूर्यबहादुर थापाले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय जनशक्ति पार्टीको विद्यार्थी संगठनका अध्यक्ष थिए । त्योभन्दा अघिदेखि नै उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

२०६८ असोज १८ मा बसेको राप्रपा र राजपाको उच्चस्तरीय कार्यसम्पादन समितिले सबै जनवर्गीय संगठन भंग गरेको थियो । त्यसबेला राप्रपा अध्यक्ष पाए महासचिव राजपाले पाएको थियो । त्यही बेला शाही महासचिव बनेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...