सिलिण्डर बोक्ने ट्रकको ठक्करले भारतीय ठहरै

A

काठमाडौं । ग्यास सिलिण्डर बोकेर ललितपुरको सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकको ठक्करबाट १ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

ना ६ ख ६७१ नं. को ट्रकले भारत घर भइ सानेपा बस्दै आएका ५५ वर्षिय बलनधारी प्रसाद कलवारलाई ठक्कर दिदाँ गम्भीर घाइते भएका थिए ।

घाइते कलवारको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर ट्राफिक प्रहरीले जनाएको छ । ट्रकका चालक सुरज लामालाई प्रहरीले नियन्त्राणमा लिएको छ ।

प्रतिकृया दिनुहोस