जुम्लामा प्रहरीको गोलीले प्रहरीकै मृत्यु

Jumla jhadap

जुम्ला । अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

भीड नियनत्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर प्रहरी जवान कमल आचार्यको मृत्यु भएको छ । प्रशासनले भने गोली चलेको घटनालाई गुपचुप बनाउने प्रयास गरेको छ । प्रहरीलाई गोली लागेको नभई कसैले सिसाले हानेको दाबी गरिएको छ ।

बिहीबार बिहान डा. केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीबीच झडप भएको थियो । सो क्रममा प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेको थियो भने गोली पनि चलाएको थियो ।

गोली चल्दा प्रहरी जवान कमल आचार्य लागेको थियो । आचार्यको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले पुष्टि गरेको छ । अस्पतालका कर्मचारीले अस्पतालमा ४ राउन्ड गोली प्रहार भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस