जीप दुर्घटनामा परी पत्रकारसहित १४ घाइते

Timthumb

बागलुङ । जिल्लामा जीप दुर्घटना हुँदा नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिरसिंह मगर गम्भीर घाइते भएका छन् । जीप सवार अन्य १३ जना पनि घाइते भएका छन् । घाइतेमध्ये मगरसहित ४ जनाको अवस्था गम्भीर छ ।

मध्यपहाडी लोकमार्ग अन्तरर्गत गल्कोट नगरपालिका वडा नं. ११ अर्ले खोलामा बुधवार साँझ यात्रुवाहक जिप दुर्घटना हुँदा पत्रकार उजिर मगर सहित १४ जना घाइते भएका छन् ।

बागलुङबाट बुर्तिवाङतर्फ जाँदै गरेको ध१ ज१४९ नं. को जीप मा सवार १४ जना नै घाइते भएको र ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

प्रहरीका अनुसार ढोरपाटन नगरपालिका वडा नं. ४ का ४१ वर्षिय पत्रकार मगर, काठेखोला गाउँपालिका ३ धम्जाका २७ वर्षिय चालक टिकाराम नेपाली, बडिगाड ५ का २३ वर्षिय संगिता पुन, गल्कोट नगरपालिका वडा नं. १० का २३ वर्षिय दिपक पुनको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी सामान्य घाइतेहरुः बडिगाड गाउँपालिका वडा नं. ७ का २७ वर्षिय लोक वहादुर खत्रि, वडा नं. ९ का २२ वर्षिय सुमन वुढामगर, २० वर्षिय डिलेन्द्र मगर, वडा नं. २ का ५० वर्षिय कृष्ण थापा, निसिखोला गाउँपालिका वडा नं. ७ का वर्ष ४० का मकर थापा, नवलपरासी कावासोती नगरपालिका वडा नं. १५ का वर्ष ३२ का राजकुमार श्रेष्ठ, म्याग्दी वेनी नगरपालिका वडा नं. ३ का वर्ष २८ का कल्पना छन्त्याल, वर्ष २४ को तिर्सना छन्त्याल, ढोरपाटन नगरपालिकाकी २१ वर्षीय मञ्जु कार्की र उनकै २ वर्षीय छोरी रञ्जीता कार्की रहेका छन् ।

प्रतिकृया दिनुहोस