प्रहरीद्धारा आफ्ना समर्थक कुटिएपछि डा. केसी काठमाडौं आउन तयार, केहीबेरमा काठमाडौं ल्याइने

Kc

काठमाडौं । विगत २० दिनदेखि जुम्लामा अनसनरत रहेका डा. केसीलाई काठमाडौं ल्याउन प्रहरीहरुले बल प्रयोग गरेको छ ।

प्रहरीले जुम्लामा आमरण अनसनरत डा. केसी समर्थकलाई प्रहरीले बल प्रयोग गरेपछि अनसनरत डा. केसी काठमाडौं आउन सहमत भएका छन् ।

‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नुभएको छ’ अनसनरत डा. केसीसँगै रहेका डा. विषद दहालले भने ‘अब उहाँलाई काठमाडौं लगिने छ ।’

केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।

यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. केसीसम्म पुग्नै दिएका थिएनन् ।

स्थानीय प्रशासनले डा. केसीका समर्थकमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ । लाठी चार्जबाट थुप्रै विद्यार्थी तथा स्थानीय घाइते भएका छन् ।

प्रहरीले डा. केसीका समर्थकहरुमथि लाठी चार्ज गरेको हो । डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर गएपछि उनका समर्थकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस