अनसन स्थलमा डा. केसीको समर्थक र प्रहरीबीच झडप

Jharap

जुम्ला । डा. गोविन्द केसी अनसन बसिरहेको स्थलमा झडप भएको छ । केसीका समर्थक र प्रहरीलेबीच धकेलाधकेल भइरहेका छ ।

डा. केसीलाई जबरजस्त हेलिकोप्टरमा राखेर काठमाडौँ लैजाने तयारीलाई सफल पार्न प्रहरीले बल प्रयोग गरेको छ । डा. केसीलाई लैजान नेपालगंजबाट सेनाका हेलिकोप्टर यहाँ पुगेपछि प्रतिष्ठान प्रवेश गर्न दर्जनौँ विद्यार्थीहरूले अवरोध गरेका थिए ।

वद्यार्थी र केसीका समर्थकले केसी अनसन बसिरहेको कक्षको गेटमा बसेर अवरोध जारी राखेका छन् । प्रहरीले पहिलो घेरा तोडेर अनसन स्थलको गेट नजिकै पुगेको छ । करिब ५० को संख्यामा रहेको सशस्त्र प्रहरी अवरोधको पहिलो घेरा तोडेको हो ।

बल प्रयोग नगरी प्रहरी भित्र जान नसक्ने र केसीका समर्थकले प्रहरीलाई भित्र जान अवरोध गर्ने परिस्थितिले यहाँ झडप निम्तने खतरा देखिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारीले प्रहरीलाई भित्र प्रवेश गराउने प्रयास जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...