‘उपयुक्त’ समयको पर्खाईमा नेपाल, कहिले आउलान् सी नेपाल ?

C j ping

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारदेखि चीनमा छन् । उनी चिनियाँ समकक्षी लि खछ्याङको निमन्त्रणमा चीन गएको भए पनि चीनले ओलीको भ्रमणलाई खासै महत्व दिएको छैन ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री ओलीले ‘म कहाँ चीन तिर ढल्केको छु र ?’ त्यही भएर ओलीले चीन र भारतलाई उत्तिकै महत्व दिएको कुरामा आश्वस्त पार्न नसक्दा चीनले नेपाललाई अपेक्षित प्राथमिकता दिएको छैन ।

यसको प्रत्यक्ष उदाहरण भनेको नेपालको तर्फबाट पटक पटक चीनको उच्चस्तरीय राजनीतिक भ्रमण गराउन पहल गर्नु र चीनबाट कुनै प्रतिक्रिया नआउनु । अहिले बल्लबल्ल राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हस्तान्तरण गरेका छन् ।

राष्ट्रपति भण्डारीे पठाएको पत्र बुझ्दै चिनियाँ राष्ट्रपति जिनपिङले उपयुक्त समय मिलाएर नेपाल आउने आश्वासन दिएका छन् । तर, ‘उपयुक्त’ समय कहिले आउला ? यसै भन्न सकिने अवस्था छैन ।

चीन र भारत नेपालका लागि उत्तिकै महत्वका छिमेकी हुन् । तर, नेपालका नेताहरु चीनभन्दा पनि भारतसँगै नजिक हुने गरेका कारण चीनलेत्यति सजिलै नेपालका नेताहरुलाई विश्वास गर्दैन । नेपाललाई विश्वास नगरेकै कारण लामो समयदेखि चीका राष्ट्र प्रमुख नेपाल आएका छैनन् ।

भारतीय समकक्षी नरेन्द्र मोदी तीन पटक नेपाल भ्रमणमा आइसकेका छन् । तर, अहिलेसम्म पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसक्नुलाई कतिपयले चीनले नेपाललाई गम्भीर रूपमा नलिएको टिप्प्णी गरेका छन् ।

हुन त पछिल्लो समय नेपालले दुई छिमेकी भारत र चीनसँगको सम्बन्धलाई उत्तिकै प्राथमिकतामा राखेको छ । त्यही भएर केपी ओली सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणमा बोलाउन कसरत पनि गरेको लामो समय गरिरहेकै छ ।

६ वर्षअघि चीनका तत्कालीन प्रधानमन्त्री वेन जिआबाओ करिब ५ घण्टाका लागि काठमाडौं आएका थिए । त्यसयता चीनबाट त्यो स्तरका कुनै पनि व्यक्ति नेपाल आएका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...