को पर्ला अध्यक्ष, अर्थमन्त्री र गृहमन्त्रीमध्ये को पर्ला २, ४ र ६ को डेन्जर जोनमा ?

Ganesh badal yubaraj

काठमाडौं । राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गर्न गोलाप्रथा गरिँदै छ । पहिलोपटक ५९ जना राष्ट्रियसभा सदस्यहरुको कार्यकाललाई २, ४ र ६ वर्षमा विभाजन गर्न सोमबार गोलाप्रथा विधि प्रयोग गर्न लागिएको हो ।

गोलाप्रथाबाट पहिलो १९ जनाको कार्यकाल २ वर्ष, २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्षका लागि तय हुनेछ । यद्यपि राष्ट्रपतिबाट मनोनीत तीन सदस्यको हकमा छुट्टै गोलाप्रथा हुनेछ ।

गोलाप्रथाबाट राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, अर्थमन्त्री युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यकाल समेत तय हुनेछ । गोलाप्रथाबाट उनीहरुको पदावधि दुई वा चार वर्षे कायम भएमा हाल रहिरहेको पदमा रहन पुनः सदस्य निर्वाचित हुनुपर्नेछ ।

संविधानको धारा ८६ (३) मा राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुने उल्लेख छ । साथै, यसरी पदावधि निर्धारण गर्दा गोलाप्रथाबाट गरिने उल्लेख छ । त्यसैका आधारमा आज गोलाप्रथा हुन लागेको हो ।

त्यसरी गोला प्रथाबाट समय निर्धारण गरिँदा राष्ट्रियसभा अध्यक्ष तिमल्सिना, अर्थमन्त्री युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ डेन्जरर जोनमा पर्न सक्छन् ।

प्रदेश ४ बाट खुला समूहबाट निर्वाचित भएका तिमल्सिना, सुरेन्द्रराज पाण्डे र दीनानाथ शर्मा पनि सोही प्रक्रियाबाट राष्ट्रियसभा सदस्य भएका हुन् । अहिले उनीहरुबीच कसको पदीय आयु कति छ भनेर गोला प्रथाले नै निर्धारण गर्ने छ ।

अर्थमन्त्री खतिवडा, रामनारायण विडारी र विमला पौडेल छन् । उनीहरु पनि राष्ट्रपतिले मनोनित गरेको सुचीबाटै गोलाप्रथाबाट २, ४ र ६ वर्षको पदावधि निर्धारण हुनेछ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि प्रदेश ३ बाट अन्य समूहमा रही निर्वाचित भएका थिए । यो समुहमा उनीसँगै राधेश्याम अधिकारी र बलरामप्रसाद बाँस्कोटा पनि निर्वाचित भएका थिए । यी तीनजना बीच पनि बेग्लै गोलाप्रथा भएर २, ४ र ६ वर्षको पदावधि तय हुनेछ ।

प्रतिकृया दिनुहोस