टिप्परको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु टिप्परमा आगजनि

Jadibuti accident

काठमाडौँ । अरनिको राजमार्ग अन्तरगत कोटेश्वर जडिबुटी सडक खण्डमा टिप्परले स्कुटलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने घाइते एक जनालाई ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बुधबार बिहान बा ४ ख ३५५८ नम्बरको टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटमा सवार एक महिला घटनास्थमा नै मृत्यु भएको छ । स्कुटर चालकको नाम अस्मिता भण्डारी रहेको प्रहरीले जनाएको छ।

टिप्पर चालक फरार छन् भने आक्रोशित सर्वसाधारणले टिप्परमा आगजनी गरेका छन्। ठक्कर दिएपछि लडेको स्कुटरलाई ब्याक गरेर पुनः किचेको प्रत्यक्षदर्शीको आरोप छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

 

प्रतिकृया दिनुहोस