घुस लिएको आरोपमा यातायातका कर्मचारीसहित प्रहरीका सई पक्राउ

Arrest

काठमाडौं । सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा सञ्चालन नगरी आर्थिक लेनदेनमा लाईसेन्स बितरण गरेको आरोपमा यातायातका कर्मचारी सहित एक प्रहरी सई पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहापथमा कार्यरत प्रहरी नायव निरीक्षक श्रीराम तिवारी लाई भ्रष्टाचारको आरोपमा जेठ ४ गते पक्राउ गरेको हो ।

यस्तै, यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरबाट खरिदार कमल स्याङतान र कार्यालय सहयोगीद्वय हरि बहादुर थापा र मिन बहादुर तामाङ्ग समेतलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–सचिव एवं प्रवक्ता दीर्घराज मैनालीले आईतबार प्रेस विज्ञप्ती जारी गदै यो घटना सार्वजनिक गरेका हुन् । घटानाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...