चीनलाई दुईवटा गैंडा उपहार दिन तयारी सुरु

Rhino chitwan

 

चितवन । विसं २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेका थिए । ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि सो निर्णय कार्यान्वयन गर्न लागिएको छ ।

सरकारले चीन सरकारलाई उपहार दिन लागेका जोडी गैँडा शुक्रबारबाट नियन्त्रणमा लिन सुरु गरिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर खोरिया मोहन क्षेत्रबाट एक जोडी गैँडा नियन्त्रण गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार गैँडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र उपकरण खोरिया मोहन क्षेत्रमा गएको छ ।

गैँडा डार्ट गरेर ट्रकमा राखेर निकुञ्जको भित्री बाटो कसरा हुँदै सौराहा लगिने उनले बताए ।
एकदेखि दुई वर्ष उमेरका गैँडा नियन्त्रणमा लिइनेछ । गैँडा नियन्त्रणका लागि आसपासका पोष्टमा रहेका १० वटा हात्ती, डोजर, ट्र्याक्टर, बोलेरो जिपलगायत सामग्रीसहित जनशक्ति परिचालन गर्न लागिएको ढकालले बताए ।

वैशाख ७ गतेदेखि सो आसपास क्षेत्रमा गैँडा खोजी कार्य जारी रहेको थियो । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका छ जना प्राविधिकसहितको टोलीले एक हप्ता लगाएर गैँडाको खोजी गरेको हो ।

नियन्त्रणमा लिइएका गैँडालाई सौराहामा निर्माण गरिएको पिट बुमा (गैँडा राख्न निर्माण गरिएको खोर) मा राखिने छ । केही दिन बुमा भित्रको खाल्डोमा राखेर सहज खाना खान थालेपछि बुमामा केही महिना राख्ने तयारी गरिएको छ । सो पश्चात् जहाजमा राखेर गैँडा चीन पठाइँदै छ ।

ती गैँडालाई जंगलीबाट घरपालुवाको जस्तो बानी व्यहोरा बनाएर मात्र पठाइने उनले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...