पेस्तोल र लागूऔषधसहित ७ भारतीय पक्राउ

Hat

विराटनगर । विराटनगरबाट पेस्तोल र ठूलो परिणामको लागू औषधसहित सात जना भारतीय नागरिर्क पक्राउ परेका छन् । प्रहरीले उनीहरु सवार भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले मोटरसाइकल चेकजाँचका क्रममा ति भारतीयको साथबाट अवैध लागू औषध एभिल १७७५ एम्पुल, डाइजेपाम ५००, स्पास्मो प्रोक्सिभन १७७६ चक्की , नाइट्रोसन ट्याब्लेट ७२५, लुपीजेसिक ५२५, फेनारागन १२५, डाइलेक्स डिसी १३ बोतल फेला पारेको थियो ।

भारत बिहार अररिया जिल्ला फारबिसगञ्ज २ बस्ने ३० का प्रमोद भन्ने बिनोद यादवको साथबाट प्हरीले पेस्तोल समेत बरामद गरेको छ । अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्याग्जिनका साथै म्याग्जिनभित्र प्रयोग हुने ६ राउण्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

मोरङका प्रहरी उपरीक्षक अरुण विसीले उनीहरुको साथबाट ८१ हजार नेपाली रुपैयाँसमेत वरामद गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा बिहार अररिया बतनाहा ४ का २४ वषीर्य रोहितकुमार शर्मा, फारबिसगञ्जका ३० वर्षीय विनोद यादव, मिल्की डुमरियाका १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीय निलम देवी यादव, सिमराहा बस्ने २६ वर्षीय प्रकाशकुमार दास, रानीगञ्ज बस्ने ३३ वर्षीय रञ्जितकुमार शर्मा र बरारभत नाजा ७ बस्ने ४० वर्षीय सुरजनारायण यादव रहेका छन् ।

पक्राउ गरिएका उनीहरुलाई लागु औषध तथा हातहतियार खरखजना अन्तरर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण विसीले बताए ।

प्रतिकृया दिनुहोस