बिल बिनै मेलम्ची खानेपानीको १ अर्ब स्वाहा !

Melamchi khanepani

काठमाडौं । राजधानीबासी खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीका लागि बिहीबार मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङ खन्ने कार्य ‘ब्रेक थ्रु’ हुँदा निक्कै राहतको अनुभव भएको छ ।

तर योसँगै मेलम्ची खानेपानी आयोजनाभित्र मौलाएको चरम वेतिथी र भ्रष्टचारले चुर्लुम्मै डुबेको खबरले भने निक्कै दुःखी बनाएको मात्रै छैन, आयोजना निर्माणका क्रममा एक अर्बभन्दा धेरै रकममा भएको अनियमितताले मन पोल्ने पनि बनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाअन्तर्गत मेलम्ची खोलाबाट सुन्दरीजलसम्म २७.५ कि.मि. लामो सुरुङ खनेर १७ करोड र दोस्रो चरणमा याङग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौँमा ल्याउने लक्ष्यका साथ २०५५/०५६ देखि मेलम्ची खानेपानी आयोजना सुरु भएको थियो ।

तर, महालेखा परीक्षकको कार्यालयले केही दिनअघि मात्रै सार्वजनिक गरेको ५५औं वार्षिक प्रतिवेनमा मेलम्ची खानेपानी आयोजना निर्माण गरिँदा १ अर्ब ३० लाख रुपैयाँ बेरुजु देखाएको छ । महालेखाले बिलबिनै भुक्तानी, अत्तिरिक्त पेस्की, अतिरिक्त खर्च, एकल ठेकेदारलाई स्थानीय सडक सुधारको जिम्मा लगायतका कार्य गर्दै एक अर्ब ३० लाख रुपैयाँ असुल गर्न महालेखाले शीर्षक तोकेरै सरकारलाई निर्देशन दिएको छ ।

मेलम्ची खानेपानी आयोजना २०७३/७४ मा सम्पन्न गर्ने गरी २३ अर्ब ४५ करोड लागत लाग्ने अनुमान गरिएको थियो । तर ०७४ माघ मसान्तसम्म २४ अर्ब ८३ करोड ६० लाख खर्च भएको छ ।

सुरुङ खन्ने क्रममा सिन्धु—ग्याल्थुम र ग्याल्थुम अम्वाथान खण्डमा कमजोर चट्टान फेला परेको, मेसिन उपकरण पुराना भएको र बन्द हड्ताल, भुकम्प लगायतका कारण देखाई निर्माणमा ढिलाइ गरेर खर्च बढाइएको महालेखाको ठहर छ ।

मेलम्ची खानेपानी आयोजना निर्माणमा लागि हालसम्म अनुमानित कुल २७ अर्ब ७६ करोड छ । आयोजनामा नेपाल सरकार र अन्य दातृ संस्था, निकाय समेतको लगानीमा गत वर्षसम्म १८ अर्ब १४ करोड २४ लाख खर्च भएकोमा यो वर्षको माघ मसान्तसम्म २४ अर्ब ८३ करोड ६० लाख खर्च भइसकेको महालेखाले जनाएको छ । यसले खानेपानी आयोजनमा १ अर्ब रुपैयाँ राज्यलाई नोक्सान हुनेगरी सम्बन्धित व्यक्तिवाट काम भएको महालेखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...