डा. लोहनीको कार्यक्रममा किन गएनन् राप्रपाका नेताहरु ?

Rpp 16

 काठमाडौं । डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राष्ट्रय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले शुक्रबार राजधानीमा प्रथम वार्षिक उत्सव मनायो ।

तर, एकताको चर्चा चलिरहेका बेला पनि राप्रपा र राप्रपा (प्रजातान्त्रिक) का जिम्मेवार नेताहरु भने उपस्थित थिएनन् । यी तीन वटा पार्टीको एकताको चर्चा चलेकै बेला डा. लोहनीले शुक्रबार पार्टीको स्थापना दिवस मनाएका थिए ।

प्रथम वार्षिक उत्सवमा अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जम्मा भएर शुभकामना दिए । तर, एउटै सिद्धान्त बोकेका र एकताको चर्चा चलाइएको दुई राप्रपाका नेता कार्यकर्ता भने उपस्थित भएनन् ।

डा. लोहनीको कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, वर्तमान सरकारका कानुन मन्त्री शेरबहादुर तामाङ, पूर्व मन्त्रीहरु रमेशनाथ पाण्डे, जगत गौचन, दुर्गा श्रेष्ठ, नेपाली सेनाका सहायक रथी रघु भण्डारी, मालेका महासचिव सिपी मैनाली लगायतका नेताहरु उपस्थित थिए ।

तर, सो कार्यक्रममा राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठ, प्रवक्ता राजेन्द्र गुरुङ र सहायक प्रवक्ता किरण गिरी उपस्थित थिए । राप्रपाका भने भाष्कर भद्रा र दिलनाथ गिरी मात्रै उपस्थित थिए ।

आखिर किन गएनन् त राप्रपाका नेताहरु ? दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रममा धेरैले कानेखुसी पनि गरे । कतिले त कि राप्रपाका शीर्ष नेतालाई खबर गएन ? भनेर पनि प्रश्न गरेका थिए ।

तर, एराप्रपा (राष्ट्रवादी) ले दुवै राप्रपाका अध्यक्षलाई निम्तो दिएको थियो । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति समशेर राणा भने भारतमा रहेकाले नआउने जानकारी पाएको सहायक प्रवक्ता जनकराज पाठकले बताए । तर, नेपालमै भएर पनि राप्रपा अध्यक्ष कमल थापा भने उपस्थित थिएनन् । र उनी नआउने जानकारी पनि गराइएको थिएन ।

मिराकल पार्टी प्यालेसमा भएको एकीकृत राप्रपा (राष्ट्रवादी) ले गरेको प्रथा वार्षिक उत्सव तथा चियापान कार्यक्रममा झण्डै ७ सय उपस्थित थिए ।

किन आएनन् त नेता ?
अघिल्लो वर्ष राष्ट्रिय सभा गृहमा भएको वृहत एकता महाधिवेसनमा डा. लोहनीले असन्तुष्टी राखेका थिए । त्यसबेला हिन्दु राष्ट्र र पार्टीको चुनाव चिन्ह लगायतका केही विषयमा असहमति राखेका लोहनीले २०७३ चैत १६ गतेकै दिन औपचारिक रुपमा नयाँ पार्टी गठन गरेको घोषणा गरेका थिए ।

डा. लोहनीले नयाँ पार्टी घोषणा गरेपछि राप्रपाका अध्यक्ष कमल थापासँगको सम्बन्धमा दरार पैदा भएको थियो । त्यति मात्रै होइन, पार्टी गठनपूर्व पनि पूर्व राप्रपा अर्थात् पशुपति शमशेर राणासँगको सम्बन्ध पनि चिसिएको थियो । त्यही बेला डा. लोहनीले नयाँ पार्टी गठन गरेका थिए ।

डा. लोहनीले नयाँ पार्टी गठन गर्दा दुई वटा राप्रपा थिए । तर, गत भदौमा सत्तामा जाने विषयमा कुरा नमिल्दा पशुपति बमशेर राणा लगायतले राप्रपा –प्रजातान्त्रिक) गठन गरेका थिए ।

एउटै पार्टीको नामबाट खुलेका यी राजावादी पार्टीहरु प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा छुट्टाछट्टै भाग लिँदा राष्ट्रिय पार्टी बन्न सकेनन् ।

मञ्चमा शाह र थापाको तस्विर
डा. लोहनीको पार्टीले राप्रपाको संस्थापन नेताको रुपमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई मान्दै आएको छ । स्व. थापाको सम्मान गर्दै आजको कार्यक्रममा थापाको तस्विर राखिएको थियो ।

मञ्चमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विर पनि राखिएको थियो ।   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...