ठेकेदार रुदैँ सडकपेटी, सेनाका कर्णेल–जर्नेल यसरी बने करोडपति

Army

ललितपुर । नेपाली सेनाका कर्णेल–जर्नेलले राशन सप्लाई गर्ने ठेकेदारलाई धुरुधुरु रुवाएर आफु कसरी करोडपति बनिरहेका छन् भन्ने फेरी अर्को प्रमाण भेटिएको छ । प्रसँग हो–सेनालाई राशन सप्लाई गर्ने ठेक्का पाएको ठेकेदार कम्पनी एनईएस ईन्टरप्राइजेज प्रालि र लेले ब्यारेकका प्रमुख कर्णेल रामबहादुर खड्काबीच बढेको विवाद । सो ठेकेदार कम्पनीले आर्टीलरी निर्देशानलय लगनखेल हाल १३ बाहिनी अड्डा ललितपुरसँग गत ०७३ माघ महिनादेखि ०७४ पौष मसान्तसम्म दैनिक राशन सप्लाई गर्ने ठेक्का सम्झौंता गरी त्यस कार्यालय अन्तर्गत युनिटहरुमा राशन खुवाउँदै आएको थियो । लेले ब्यारेक सोही बाहिनी अन्तर्गत रहेको छ ।

ठेकेदार कम्पनीले सेनालाई राशन ठेक्का सप्लाई पनि गर्यो, तर ठेकेदार कम्पनीलाई भुक्तानी भने दिइएन । लेले ब्यारेकका प्रमुख कर्णेल खड्काले भुक्तानी नदिएको भन्दै ठेकेदार कम्पनीले विभिन्न निकायमा रकम दिलाउन माग गर्दै निवेदन दर्ता गरेपछि उनको कर्तुत बाहिर आएको हो । ठेकेदार कम्पनीका सञ्चालक नगेन्द्र श्रेष्ठले राशन सप्लाई गरेको तर भुक्तानी नपाएको गुनासो गरे । कोष तथा नियन्त्रण कार्यालय ललितपुरका अनुसार ठेकेदारलाई दिनुपर्ने रकमबापतको चेक लेले ब्यारेकका प्रमुख खड्काले बुझिसकेका छन् । चेक खल्तीमा बोकेर हिँड्ने तर ठेकेदारलाई भुक्तानी नदिएपछि उनको कुनियत त्यतिकै स्षष्ट भएको छ ।

ठेकेदार कम्पनीले दावी गरेअनुसार नै गत मंसिर महिनाको बिल विजक ०७४ पुष २ गते पेश भई कोष तथा लेखा नियन्त्रक कार्यालय ललितपुरबाट चेक बुझि आनावश्यक कारण देखाई उनले चेक आफुसँग राखेको पुष्टि भएको छ । उनले ठेकेदार कम्पनीलाई भुक्तानी नदिएका कारण अन्य युनिटमा समेत राशन सप्लाई गर्न कठिनाई भएको भन्दै भुक्तानीको माग गर्दै भैरव गण लेले ब्यारेक ललितपुरको नाममा गत माघ २० गते पत्र लेखेका थियो । उक्त पत्रको बोदार्थ सैनिक प्रशासन विभाग, जंगी अड्डा काठमाडौं, १३ बाहिनी अड्डा लगनखेल, ललितपुर र कोष तथा लेखा नियन्त्रण कार्यालय ललितपुरलाई पीडितले पठाएको थिए ।

हेनुहोस् पत्र १ :

ठेकेदार र राशन सप्लाई भएको अड्डाबाट भुक्तानी बिलविजक पेश गरेको आधारमा कोलेनिकाले चेक काट्ने हो । सोहीअनुसार चेक बनेपछि लेले ब्यारेकका प्रमुख कर्णेल खड्काले चेक पनि बुझे । तर, ठेकेदार कम्पनीले बारम्बार भुक्तानी दिन अनुरोध गर्दा पनि उनले अनावश्यक दुःख दिएर थप रकमको माग गरे । जसका कारण विवाद चुलिएको हो । ठेकेदार कम्पनीले रकमको माग गर्दै विभिन्न निकाय धाएपछि कर्णेल खड्का पनि के कम , उनले ठेकेदार कम्पनीले सामान नियमित सप्लाई नगरेको, सम्पर्कमा नभएको, पैसा लिन बोलाउँदा पनि नआएको भन्दै विभिन्न निकायमा पत्र पठाए । जबकि उनले काटेको पत्र स्वयम् ठेकेदार कम्पनीले कार्यालयमै पुगेर बुझेको थियो ।

हेर्नुस् पत्र २ :

यसबाट पनि थाहा हुन्छ कि कर्णेल खड्काको नियत ठिक छैन र उनी अनावश्यक दुःख दिएर ठेकेदारबाट रकम हजम गर्न खोजीरहेका छन् । उनले विभिन्न खालको कमिशन दिनुपर्ने माग राखेको र दिन नमानेकै कारण चेक खल्तीमा राखेर नदिएको ठेकेदार कम्पनीको दावी छ । सो विषयमा कर्णेल खड्कालाई सम्पर्क गर्दा उनले सामान सप्लाई नियमित नगरेको, हिसावकिताव नमिलेको र चेक लिन बोलाउँदा ठेकेदार नआएको भन्दै सरासर झुट बोले । जबकि हिसावकिताव र विलविजक पेश नगरी कोलेनिकाले चेक नै काट्दैन् । सोही ब्यारेकले पठाएको बोदार्थ पत्र ठेकेदार कम्पनीले कार्यालयमै गएर बुझेको थियो । पत्र नम्बर दुई त्यसको प्रमाण हो ।

खल्तीमा चेक राख्नु पछाडिको रहस्य :

ठेकेदार कम्पनीले पाएको ठेक्का यसै पुष मसान्तबाट सकिएको छ । सो रकम ठेकेदारलाई दुःख दिएर आफै पचाउने दाउमा कर्णेल खड्का देखिन्छन् । ठेकेदारसँग अनावश्यक रकमको माग राखि यो असुली गर्ने तरिका हो । यसअघि पनि बर्षौसम्म रकम नदिएर झुल्लाएका यस्तै प्रकृतिका घटना सार्वजनिक भइसकेका छन् । नेपाली सेनाका कर्णेल जर्णेलहरु प्राय ठेकेदारलाई रुवाएर नै करोडपति बन्ने हुन् । कर्णेल खड्काबाट हैरानी खेपेका ठेकेदार नगेन्द्र श्रेष्ठले अनावश्यक रकमको माग राखेर आफुलाई दुःख दिएको बताए । उनले कतिपय कुरामा घाटा भए पनि होस भन्दै सहमत देखाउँदा देखाउँदै काम गरेको सवै रकम असुल्न खोजेको आरोप लगाए । उनले भने, आफुलाई कामै गर्न कठिनाई पारेर जर्वजस्ती रकम असुल्न खोजीएको छ । अति भएपछि रकम भुक्तानीको माग गर्दै विभिन्न निकायमा निवेदन दिएको हुँ ।

कर्णेल खड्काले कोलेनिकाबाट चेक लिएको स्वीकारे । चेक बुझेपछि ठेकेदार कम्पनीलाई भुक्तानी नगर्नु सरासर अवैध मानिन्छ । यस्ता भ्रष्ट मानसिकता भएका पदाधिकारीलाई नेपाली सेनाको नेतृत्वले के अब कारबाही गर्ला त ? यसअघि यसरी नै सेनाको राशन सप्लाई गर्ने एक दर्जन ठेकेदार सडकमा पुगेको र रकम नदिएको खबर सार्वजनिक भएपछि सेनालाई पैसा तिर्न दबाब परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...