सिन्धुपाल्चोकको जुगलमा चट्याङ लागेर दुईको मृत्यु

Chat

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित घुङ्गा भन्ने स्थानमा चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ ।

२६ वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको घरमै बसेको अवस्थामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

जिल्ला सदरमुकामबाट उक्त स्थान करिब ४० किलोमिटरको दूरीमा रहेको र चट्याङबाट ५ वटा चौपायासमेत मरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस