हत्याको विरोधमा बिर्तामोड बन्द

Birtamod

झापा । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले मंगलबार बिर्तामोड बजार बन्द गरेका छन् ।

यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो ।

हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव भेटिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजु धमलाले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुनचाँदी व्यवसायीसहित ३ जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान पूरा भएपछि पक्राउ परेकाको नाम सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...