सरकारले तोक्यो सातै प्रदेशको अस्थायी मुकाम

जिल्ल परे धनकुटा, भक्तपुर, दाङ र डोटी

Map 3

काठमाडौं । सरकारले सात वटै प्रदेशको अस्थायी मुकाम तोकेको छ ।

बुधबार विहान सहमति बन्न नसक्दा स्थगित भएको मन्त्रीपरिषदको दिउँसोको बैठकले भने अस्थायी मुकाम तोकेको हो ।

दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकेको छ ।

सरकारले यसअघि प्रदेश प्रदेश नं. ३ मा भक्तपुर र ५ मा दाङ तोक्ने बताएको थियो । तर, सरकारले राजनीतिक पहुँचको भरमा हेटौडा र रुपन्देहीमा तोकेको छ ।

यता प्रदेश राजधानी आउँला भनेर आस गरेका भक्तपुर, धनकुटा, दाङ र डोटी जिल्ला परेका छन् । डोटी, दाङ र धनकुटामा भने प्रदशे राजधानी माग गर्दै लामो समयदेखि आन्दोलनमा छन् ।

प्रतिकृया दिनुहोस