प्रदेशको राजधानी २ तिहाइ बाट मात्रहोइन सर्वसहमतीबाट हुनुपर्ने : नेता बलदेव

Baldeo

कपिलवस्तु । नेकपामाओवादि केन्द्र कपिलवस्तु क्षेत्र नम्बर १ कानवनिर्वाचित सांसद चक्रपाणी खनाल ‘बलदेव’ बलदेवले कपिलवस्तु लाई ५ नम्बर प्रदेशको राजधानी २ तिहाइबाट मात्र होइन सर्वसहमतीबाट हुनुपर्ने बताए ।

कपिलवस्तुको तौलिहवामा भएको अन्तरक्रिया कार्यक्रममा कपिलवस्तुले नेपाललाई संसारमै चिनाएको बताउँदै कपिलवस्तु ऐतिहासिक ,पुरातात्विक हिसाबले पनि भरिपूर्ण जिल्ला भएकोले ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तुको विकल्पन भएको बताए ।

कपिलवस्तुलाई नेपालका शासकहरुले इतिहास देखि नै उपक्षागर्दै आएकोले त्यसको क्षतिपूर्ति तिर्न पनि कपिलवस्तु लाई राजधानी बनाउनुपर्ने बताए । ‘कपिलवस्तुलाई राजधानी बनाउने कुरामा दुई मत छैन, शान्तिका अग्रदूत गौतमवुद्ध संगै क्रकुछन्द र कनकमुनि बुद्धकोसमेत जन्म कपिलवस्तुमा भएको हो, कपिलवस्तु पवित्र स्थलहो ।’

कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउन आफू जस्तोसुकै लडाई पनि लडने खनाल बताउँछन् । प्रदेश ५ को मध्यभागमा रहेको, पर्याप्तभूमि समतल भू भागको उपलब्धता, अन्यजिल्लाको लागीयातायातको सुबिधा, ऐतिहासिक, धार्मिक महत्वका पर्यटकीय क्षेत्र, नजिकै अन्तर्रा्ष्ट्रिय गौतम बुद्ध विमान स्थल, गौतम बुद्धको कर्मभूमि,प्राचीन शिवमन्दिर,ऐतिहासिक पुस्तकालय तथा राजा शुद्धोदनको राज प्रसाद तिलौराकोटमा रहेकोले कपिलवस्तु जिल्ला पुरातात्विक स्थलले भरिपुर्ण रहेकाले प्रदेश नं ५ को प्रदेशको राजधानी कपिलवस्तु नै हुनुपर्ने जोड गरेका छन् ।

प्रतिकृया दिनुहोस