रोल्पामा फुसको छाना विस्थापन अभियान सुरु

85110488

रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिकाले ५ वर्षभित्र सबै फुसका छाना विस्थापन गर्ने भएको छ ।

गाउँपालिकाको प्रथम सभाले ५ वर्षभित्र गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताइएको छ ।

विगतमा फुसको छाना भएका घर आगलागीको चपेटामा परेको हुँदा आगामी दिनमा सो समस्याबाट बच्नका लागिसमेत यस्तो अभियान चालिएको सुवर्णावती गाउँपालिका–४ का वडाध्यक्ष जेडबहादुर विष्टले जानकारी दिए ।

आगलागीको अत्यधिक सम्भावना हुने र २/४ वर्षको अन्तरमा छाना परिवर्तन गरिरहनु पर्ने समस्याबाट मुक्त हुन गाउँपालिकाले यस्तो निर्णय गरेको विष्टले बताए ।

गाउँपालिकाभित्र बसोबास गर्दै आएका गरिब र विपन्नका लागि टिनको पाता सहयोग गर्ने भन्दै चालु आवमा १ करोड विनियोजन भइसकेको गाउँपालिकाले बताएको छ । गरिबीका कारण टिनले घर छाउन नसक्नेका लागि प्रति घरधुरी ५० हजार मूल्य बराबरको कर्कट पाता सहयोग गर्ने भएको छ ।

बढ्दो सुख्खा खडेरीका कारण आगलागीको प्रकोप बढिरहेको हुँदा फुसको छाना आगलागीको अत्यधिक जोखिममा रहने भएकाले गाउँपालिकाभित्रका सबै फुसका घर विस्थापित गराउने निर्णय गरेका छौँ, सुवर्णावती गाउँपालिका–३ का वडाध्यक्ष गंज क्षेत्रीले भने ।

यस वर्ष गाउँपालिकाभित्र पर्ने आठवटै वडाका २ सय घरधुरीलाई ५० हजारका दरले सहयोग गर्ने क्षेत्रीले जानकारी दिए । आफ्नो वडाका २५ गरिब घरधुरी छनोटका लागि आफैँ सर्वेक्षणमा गएर वास्तविक गरिब छनोट गरिने क्षेत्रीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...