पत्रकार चाम्लिङको पुस्तक सार्वजानिक

Rajesh chamling

काठमाडौं । पत्रकार राजेश चाम्लिङ राईले ‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’ नामक पुस्तक बजारमा ल्याएका छन् ।

आइतवार सार्वजानिक गरिएको अनुसन्धानमूलक पुस्तकको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सार्वजनिक गरेका हुन् ।

सो पुसतक सार्वजनिक गर्दै अध्यक्ष आचार्यले प्रकाशित पुस्तक नेपाली पत्रकारिताको लागि महत्वपूर्ण हुने बताए । ‘यसले नेपालको सञ्चार इतिहासमा नयाँ आयाम थपेको छ’ आचार्यले भने, ‘यस्तो मौलिक कृति पत्रकारिताको सम्पत्ति हो, यसलाई सबैले आफ्नो ठान्नुपर्छ ।’

सो पुस्तक सार्वजनिक कार्यक्रममा महासंघका उपाध्यक्ष विपुल पोख्रेल, लेखक युग पाठक, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, किरात राई पत्रकार संघका सस्थापक अध्यक्ष गणेश राई लगायतले पुस्तक विविधतायुक्त नेपाली समाजलाई जोड्ने महत्वपूर्ण कडि भएको उल्लेख गर्दै यसले समाजलाई एकाकार बनाउन मद्दत गर्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका राई गोरखापत्र दैनिकमा आवद्ध छन् । उनी लेखन तथा अनुसन्धानमा समेत क्रियाशिल छन् ।

 

प्रतिकृया दिनुहोस