धनकुटालाई प्रदेश राजधानी बनाउन काठमाडौंमा धर्ना

Dkt 16

काठमाडौं । धनकुटालाई एक नम्वर प्रदेशको राजधानी माग गर्दै  अान्दाेलन तीव्र बनाइएको छ । यसैक्रममा काठमाडौंमा धर्ना सुरु भएको छ ।

पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई सरकारले प्रदेश राजधानी नबनाउने षडयन्त्र गरेपछि धनकुटेली जनता लामो समयदेखि आन्दोलनमा होमिएका छन् । यसैक्रममा धनकुटाबाट राजधानी आएर बसोवास गर्दै आएका धनकुटेलीहरुले आइतवार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

१ प्रादेशिक राजधानी निर्माण अभियान समितिको संयोजनामा माइतीघर मण्डलामा साँढे ८ बजेदेखि साँढे १० बजेसम्म धर्ना दिएको हो । कार्यक्रम गरेको हो ।

सो धर्नामा प्रदेश सभाका सदस्यहरु इन्द्रमणी पराजुली, लिला सुब्बा, आरसी तुम्वा, बिना राई, कुसुमकुमारी श्रेष्ठ, पूर्व सांसद मनोहर नारायण श्रेष्ठ, अभियानका संयोजक उमेश घिमिरे, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटाका क्याम्पस प्रमुख निरञ्जन वस्ती, धनकुटा काठमाडौं सम्पर्क समिति, मञ्च, गणातान्त्रिक मञ्च लगायतका पदाधिकारीहरु, धनकुटा लगायतका १ नम्वर प्रदेशका जिल्लाहरुबाट काठमाडौं आएर विभिन्न पेशा व्यावसायमा संलग्न रहेकाहरुको सहभागिता थियो ।

प्रादेशिक राजधानीमा अभियान समिति धनकुटाले भोलि सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा विहान साँढे ८ बजेदेखि धर्ना दिने पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस