किन जाँदैछन् पूर्व राजा नेपालगञ्ज ?

Gyanendra shah

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह के गर्दै होलान् भन्ने धेरैलाई थाहा छैन । र थाहा हुने कुरा पनि भएन । किनभने नेपालमा गणतन्त्र आएपछि राजसंस्थाको समुल नष्ट भइसकेको छ ।

त्यसमा पनि १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजावादी पार्टीहरु नराम्ररी पराजित भएपछि ज्ञानेन्द्र शाह पनि गुमनामझै भएका छन् ।

कुनै राजकीय व्यवहार गर्न नपाएपछि उनी फुर्सदिला बन्दै आएका छन् । त्यही भएर आफुलाई मन परेको ठाउँ घुमेर जीवनका पट्यारिला दिनहरु बिताइरहेका छन् ।

यसैक्रममा आज अर्थात् विहिबार नेपालगञ्ज जाँदैछन् । शाह विहीबार नेपालगञ्जमा खुलेको सोल्टी होटलको उद्घाटन गर्न नेपालगञ्ज जान लागेका हुन् । शाह सोल्टी होटलको उद्घाटन सकेर नेपालगञ्जस्थित वागेश्वरी मन्दिर दर्शन गर्न जाने कायक्रम छ ।

पूर्वराजा नेपालगञ्ज जाने भएपछि त्यहाँका राजावादीहरु निक्कै सल्मलाउन थालेका छन् । स्थानीय नेताहरु पूर्वराजालाई खुसी पार्न निक्कै दौडधुप गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...