राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान
काठमाडौँ । पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।
यो आश्चर्य होइन, यथार्थ हो । भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौँको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यामिक विद्यालय आएर मतदान गरिन् ।
पुरानो बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालयमा आफ्नो मतदाता नामावली भएपछि उनि भक्तपुरबाट पैदल हिँडेर त्यस ठाँउमा आएर मतदान गरेकि हुन् ।
यस्तै कोटेश्वर महादेवस्थानबाट मतदानका लागि एक घण्टा हिँडेर आएकि ६३ वर्षीय सञ्जय भट्टराई लामो दूरी हिँडेर मताधिकार प्रयोग गर्न आएको बताउछिन् । मतदानपछि भट्टराई पार्टी भन्दापनि असल र विकासप्रेमी नेतालाई मतदान गरेको बताउछिन् । “जनताको सुःख दुःखमा भिजेको तथा आफ्नो ठाँउको विकास गर्ने नेतालाई मतदान गरेको छु,”– उनले भनिन्।
यसैगरी बानेश्वरबाट मतदानका लागि आएका पञ्चनारायण महर्जन निर्वाचनमा मत प्रयोग गर्न पाएकोमा मख्ख छन् । “निर्वाचनपछि मुलुकमा केही परिवर्तन हुन्छ भन्ने लागेको छ,”– उनले भने ।
निर्वाचनको दिनमा सरकारले निजी तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएपछि टाढाटाढाबाट मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न मतदानस्थलसम्म पुगेका छन् ।
पुरानो बानेश्वरको रत्नराज्य विद्यालयमा तीनवटा मतदान केन्द्र राखिएको छ । केन्द्र ‘ग’ का मतदान अधिकृत नगेन्द्रकुमार कालाखेती रत्नराज्य मतदान स्थलमा तीन हजार ७०४ मतदाता रहेको बताउछन् । “बिहानदेखि नै एकै तवरले मतदाताहरु लाइनमा बसेर आफ्नो मताधिकारको प्रयोग गरिरहनुभएको छ,”– उनले भने।
काठमाडौँ महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमुल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका ठाँउ यस क्षेत्रमा पर्छन् ।
काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा र विवेकशील साझा पार्टीबाट पार्टीका संयोजक रविन्द्र मिश्र चुनावी मैदानमा छन् ।
सम्बन्धित समाचार
कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय
रौतहट । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय...
मासिंदै छन् काठमाडौंका सडकपेटी, हिड्नै समस्या (तस्वीरहरू)
काठमाडौं । महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिए...
अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि न...
धनकुटामा खानेपानीको समस्या हुन दिन्नँ : खानेपानी मन्त्री राई
काठमाडौं । खानेपानी राजेन्द्रकुमार राईले यो वर्षदेखि धनकुटाका कुनै पनि स्थानमा खानेपानीको समस्या ...
काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार
गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...
सुदूरपश्चिममा दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त, राजनीतिक संकट उस्तै
धनगडी । नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त...
काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार
गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...
प्रतिकृया दिनुहोस