उपभोक्ता हकहितलाई ध्यान दिनुपर्छ : राज्यमन्त्री विक

52 817251505993923

भीमदत्तनगर । आपूर्ति राज्यमन्त्री कर्ण विकले उपभोक्ता हकहित र अधिकारको प्रवद्र्धनमा सहयोग गर्न उद्योगी व्यावसायीलाई आग्रह गरे ।

उनको सम्मानमा कञ्चनपुर उद्योग वाणिज्य संङ्घले आयोजना गरेको स्वागत कार्यक्रममा राज्यमन्त्री विकले भने ‘उपभोक्ता हकहितलाई ध्यानमा राखेर उद्योगी व्यावसायीले काम गर्नुपर्छ ।’

यहाँ बजार अनुगमनका नाउँमा व्यापारीहरुलाई आतंकित पार्न आएको होइन, ।बिहीबार भीमदत्तनगर बजारमा रहेका केही फैन्सी पसल, खाद्य पसल तथा सब्जीमण्डी अनुगमन गरेपछि शुक्रबार भने अनुगमनकै हल्लाले यहाँका केही पसल समेत बन्द रहेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले बजार बन्द कुनै पक्षबाट नभएको बताउँदै ‘बिहान केही पसल बन्द भए पनि अहिले सबै खुलिसकेका छन,।

प्रतिकृया दिनुहोस