गृह राज्यमन्त्री श्रेष्ठविरुद्ध प्रकाशित समाचार झुटो : गृह मन्त्रालय

Bijypti

काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठविरुद्ध कान्तिपुर दैनिकमा प्रकाशित ‘राज्यमन्त्रीकै गाडीमा फर्जी नम्बर’ भन्ने शिर्षकमा प्रकाशित समाचार झुटो रहेको भन्दै प्रेस विज्ञीती जारी गरिएको छ ।

मन्त्रालयले हुलाक सेवा विभागको नाममा रहेको बा १ झ १००९ नम्बरको फर्जी सवारी साधन प्रयोग नगरेको बताएको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्धारा बुधवार जारी विज्ञप्तीमा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुह मन्त्रालयकै नाममा रहेको बा १ झ १०७७ र बा.१ भ्m ६४०७ नम्बरको सवारी साधन प्रयोग गरेको बताए ।

गृह राज्यमन्त्रीको मानमर्दन हुने गरी कान्तिपुर दैनिकमा कपोकल्पित, तथ्यहीन समाचार प्रकाशन हुनु अत्यन्त दुःखत विषय हो, सुवेदीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘यस्तो कपोकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित नगर्न र कुनै पनि समाचार प्रकाशन गनुृपूर्व सम्बन्धित व्यक्ति वा निकायसँग सम्पर्क गरी प्रमाणित समाचार मात्र प्रकाशन गर्न कान्तिपुर दैनिकलाई आग्रह समेत गरेको छ ।,

प्रतिकृया दिनुहोस