आठ समझदारी पत्रमा हस्ताक्षर

Narendramodi receives pm sher bahadur deuba at hyderabad house 1140 fff

काठमाण्डौं। नेपाल र भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आज आदान प्रदान भएको हो ।

हैदराबाद हाउसमा देउवा र मोदीबीच झण्डै ३० मिनेट एक आपसमा कुराकानी भएको थियो । लगतै देउवा र मोदीको उपस्थितिमा द्विपक्षीय वार्ता हुनेछ ।पुनर्निर्माणसम्बन्धी ४ वटामा समझदारी भएको छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्बको प्रयोगबारे छ भने अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ ।

चार समझदारी २५० विलियन अर्थात २ खर्ब २० अर्बको भएको पुनर्निर्माण प्रधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलले जानकारी दिए ।

नेपाल र भारतबीच मेची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

प्रतिकृया दिनुहोस