बाढी पीडितको लागि भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याउँछु : मन्त्री यादव

Yadav

काठमाडौं, । कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीबाट सबैभन्दा बढि कृषि क्षेत्रमा क्षति भएको भन्दै भदौ १० गतेभित्रै कृषिसम्बन्धी विशेष राहत प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले बाढीले सबैभन्दा बढि क्षति कृषिमा भएकोले त्यसको लागि सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने जनाएका हुन् ।

उनले भने,‘कृषि क्षेत्रमा सबैभन्दा धेरै क्षति भएकोले हामी मर्माहत भएका छौं, यो अपुरणीय क्षति हो, भौतिक संरचना ध्वस्त भएका छन्, विद्यालय, पुल, प्रहरी चौकी सबै ध्वस्त भएका छन्, धान खेत नष्ट भएका छन्, माछापालनदेखि अन्य कृषिजन्य संरचनाहरु नै ध्वस्त भएका छन् ।’

उनले थपे,‘बाढीका कारण धेरै क्षेत्रमा ठूलो मात्रामा क्षति भएको छ, जनधनको क्षति भएको छ, सरकारले राहत तथा उद्धारको लागि युद्धस्तरमा काम गरिरहेको छ, ।

मृत्तकको परिवारलाई २ लाख र घर मर्मतको लागि २५ हजार दिने र दैनिक खाजा खर्चस्वरुप ७० रुपैयाँ दिने निर्णय गरिसकेका छौं।’ त्यस्तै उनले स्थानीय प्रशासनलाई समेत केन्द्रबाट अत्यावाश्यक समाग्रीहरु तत्काल वितरण गर्न दिर्नेशन दिईसकेको जानकारी दिए ।

मन्त्री यादवले त्रिपाल, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामाग्रीहरु एकद्धार प्रणालीमा वितरण भएको बताउँदै सरकारले राहतमा कुनै पनि किसिमको कमी आउन नदिन निर्देशन दिएको समेत स्प्ष्ट पारे ।

त्यस्तै उनले आफ्नो मन्त्रालय माताहतका करिब ७ हजार ५ सय कर्मचारीहरुबाट संकलित एक करोड २० लाख रुपैयाँ केही दिनभित्रै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेपनि जनाए । उनले भने,‘कोही कर्मचारीले ५ दिनको तलव दिनुभएको छ, कसैले ४ दिनको, कसैले ३ दिनको, त कसैले २ दिनको र कसैले एक दिनको पनि दिएकोे छ।’

क्षति कति भएको हो र कति राहत दिने भन्नेबारे उच्चस्तरीय समिति गठन भएकोले यही भदौ १० गतेभित्रै विशेष राहत प्याकेज घोषणा गरिने मन्त्री यादवको भनाई थियो ।

उनले थपे,‘पीडितहरुको लागि हामीले विशेष राहत घोषणा गर्दैछौं, बैंकमा ऋण लिएका किसानहरुलाई कति छुट दिने, मिनाहा गर्न सकिने भए मिनाहा गर्ने यी सबै बारेमा अहिले समितिले काम गरिरहेको छ, के हुन्छ हामी चाँडै घोषणा गर्छौं।’
उनले पीडितहरुको राहत तथा उद्धारमा कुनैपनि कमी हुन नदिने समेत विश्वास दिलाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...