ज्यानको भिख माग्दै रामेछापका विनोद  

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका कुभुकास्थली बाम्दे्र घर बताउने अन्दाजी ४९ वर्षीय विनोद बस्नेत शारीरिक अशक्तताका कारण काठमाडौँमा एउटा होटलमा काम गर्दै गरेर गुजारा चलाउँदै आएकोमा जागिरबाट निकालिएका छन् ।

आफूसँग भएजति पैसाले उपचार गर्दागर्दै पैसा सकिएपछि कति दिन उनले सडकमा भोकै र नांगै बास बस्नुपरेको पीडित बस्नेतले बताए ।

टाउकोमा चोट, खुट्टामा चोट, र खुट्टा पूरै सुन्निएका कारण चल्न चट्पटाउनसमेत नसकेको अवस्थामा मानवअधिकारकर्मी तथा सामाजिक अभियानकर्ता दुर्गानाथ दाहाल उनका लागि गरेका थिए ।

साउन २८ गते काठमाडौँ स्थित गौशालाको रातोपुलको छेउमा पूरै खुट्टा सुन्निएर र अन्य रोगले समेत ग्रसित भएर कसैको सहारा नपाई सडकको सहारा लिँदै ‘मलाई बचाइदिनुस्’ भन्दै बसेका बस्नेतको अवस्था देखेपछि परोपकारी समाजसेवी तथा मानव अधिकारकर्मी दुर्गानाथ दाहालको मन पग्लियो र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको लागि दाहालले पु¥याए ।

तर शनिबार भएको र त्यहाँ कुरुवा र आफन्त नभएपछि अस्पतालले बिरामी भर्ना गर्न नमानेपछि दुर्गानाथलाई थप समस्या भयो । कतिको ज्यान बचाउँदै आउएका दुर्गानाथलाई यो समस्याबाट आफू कतिपनि विचलित नभई यस्तो अवस्था देखेपछि उनले प्रहरी रिपोर्ट बनाई मानवसेवा आश्रम, ललितपुर पु¥याएका छन् ।

त्यसपछि त्यही आश्रममा डाक्टर बोलाई उपचार गर्दा डाक्टरले कलेजोको खराबी देखाएपछि दाहाल र धर्मप्रसाद पौडेलले ललितपुरको सुमेरु अस्पतालमा लगेर उपचार गराउन लगेको र डां. बाबुराम पोखरेलले रगतको कारणले कलेजोमा समस्या भएको भन्दै ३ दिनसम्म औषधि गरी उनलाई अहिले थप उपचार गर्नुपर्ने देखिएको र यस्तो अवस्थामा सबैले सहयोग गर्नुपर्ने बताए ।

रामेछापको कुभुकास्थली हालको उमाकुण्ड गाउँपालिका वडा नं ३ बाम्द्रे उनको स्थायी घर भएको बस्नेत बताए । तर लामो समयसम्म काठमाडौँमा बसेको र पारिवारिक सम्बन्ध त्यति राम्रो नभएको पनि पीडितबाट बुझिएको छ ।

अहिले पीडित विनोद भने आश्रम र परोपकारी सामाजिक अभियानकर्ता दुर्गानाथको शरणमा रहेका छन् भने सबैको सहयोग मिले आफू कुनै बृद्वाश्रममा नबसी आफैँ कमाएर जीवन चलाउन सक्ने बताए ।

उता मानवअधिकारकर्मी दाहालले उनको शारीरिक अवस्थाको बारेमा विनोदकी बहिनी कमला बस्नेतलाई पनि जानकारी गराएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...