खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने : खेलकुद मन्त्री

Rajendra kc

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताएका छन् । 

आज आयोजित स्वागत कार्यक्रममा उनले खेलकुदमा देखिएका राजनीतिकरण न्यूनीकरण गर्न आफ्नो ध्यान केन्द्रित रहने दाबी गरे । मन्त्री केसीले खेलकुद क्षेत्रलाई विशुद्व व्यावसायिक बनाउने र सन् २०१९ मा घरेलु मैदानमा नै आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीलाई तीव्रता दिने बताए । 

उनले विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएका खेलकुदसंग सम्बन्धित भौतिक पूर्वाधारको पुनःनिर्माणमा जोड दिने र आगामी सागका लागि रंगशाला निर्माण कार्यलाई अघि बढाउनेमा जोड दिए । 

देश संघीयतामा गइसकेकाले आगामी दिन सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणमा विशेष पहल गर्ने मन्त्री केसीको भनाइ थियो । 

विद्यालयस्तरदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन सके खेल र खेलाडीको विकास हुने थियो भन्दै उहाँले खेलाडीको वृत्ति विकासमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने उल्लेख गरे । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...