सिलवाललाई फेरि लाग्यो धक्का, जालान् त अदालत ?

Nawaraj

काठमाडौं । त्कालीन गृहमन्त्री विमलेन्द्र निधी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच फाटो ल्याउनका नवराज सिलवालको ठूलो हात छ । उनैका कारण झण्डै प्रधानमन्त्री दाहालले त्यो बेला राजीनामा दिनुपरेको थियो ।

तत्कालीन सरकारले आईजीपी बढुवा गर्दा चौथो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाएपछि सिलवाल अदालतको ढोका ढकढक्याउन पुगेका थिए । तर, अहिले सरकार फेरिएलगत्तै ११ जना डिआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।


सरकारलाई न आच्छुआच्छु पार्ने डिआइजी नवराज सिलवालको नाम सरकारले आइजीपीमा किन सिफारिस गरेन ? पहिले नै आइजीपी सिफारिसमा परेका जयबहादुर चन्द भने आइजीपी बढुकाको सुचीमा परेका छन् ।

आफु आइजीपीको सुचीमा नपरेपछि सिलवालले के गर्लान् त भन्ने विषय सबैको चासोको विषय बनेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले डिआईजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्दा आफु नपर्दा उनी फेरि सर्वाेच्चको ढोका ढकढक्याउन पुग्ने धेरैले आँकलन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...