१ सय वर्षमाथिका मतदाता क कसले खसाले भोट

100

बैतडी । बैतडी जिल्लाको सुरनया गाँउपालिकाको भूमिराज नि.मा.वि. मतदान केन्द्रमा बिहान ७ बजे १सय १३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गरेका छन् । त्यसैगरी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी जेष्ठ नागरिक १ सय ५ वर्षीय कलशी भट्टले भूमिराज नि.मा.वि., तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी छिन् ।

यस्तै गुल्मीमा पनि १ सय १ वर्षीया तुलसादेवी अर्यालले मतदान गरेकी छिन् । गुल्मीको इस्मा गाउँपालिका– ५ रामराज्य मावी केन्द्रमा उनले मत खसालेकी हुन् । दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस