पूर्वराज्यमन्त्रीलाई ज्यान मुद्दा

Jugu dolakha

दोलखा । स्थानीय तहको निर्वाचनका बेला भएको हत्यामा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सहित ४० जनाविरुद्ध जिल्ला अदालतमा मुद्या परेको छ ।

चुनावको पूर्वसंध्यामा गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलबहादुर तामाङको हत्यामा संलगन रहेका भन्दै माओवादी कन्द्रकी पूर्वराज्यमन्त्री देवी खड्का, माओवादी पोलिटव्यूरो सदस्य गंगा कार्की, जिल्ला अध्यक्ष बिशाल खड्का सहित ४० जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

माओवादी नेताहरु देवी खड्का, विशाल खड्का र गंगा कार्की लगायत फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले आइतबार जिल्ला अदालत चरिकोटमा मुद्दा दर्ता भएको हो । पीडित परिवारको जाहेरीका आधारमा प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडपपछि गौरीशंकर गाउँपालिका १ का एमाले उम्मेदवार गोरे तामाङका छोरा कुलवहादुरको वैशाख २७ मा हत्या भएकोहत्याकाण्ड भएको थियो । हत्यापछि कुलवहादुरका परिवारले ४१ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । तीमध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यता राष्ट्रिय मानव अधिकार आयोगले पनि सो घटनाको छानविन गर्ने बताएको छ । सो विषयमा आयोगमा उजुरी पनि परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...