सहमतीय सरकार गठनको प्रयासमा दलहरु

आन्तरिक छलफलमा जुट्यो कांग्रेस

Nepali congres vawan

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार दलहरुलाई सहमतीय सरकार गठन गर्न ७ दिनको समय दिएलगत्तै दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएलगत्तै राष्ट्रपति भण्डारीले दलहरुलाई सहमतीय सरकार बनाउन आव्हान गरेकी थिइन् । अब ७ दिनभित्र सहमतीय सरकार बनाउनुपर्ने भएकाले सबै राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

राष्ट्रपति भण्डारीले दिएको ७ दिनभित्र सहमतीय सरकार बन्न नसक्ने भएकाले बहुमतीय सरकार गठन गर्न दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् ।

सरकारमा सहभागिताको विषयमा नेपाली कांग्रेस पदाधिकारीबीच पनि छलफल सुरु भएको छ । पार्टी कार्यालयमा जारी बैठकमा पदाधिकारीहरुले सरकारमा सहभागिताको विषयमा छलफल गरिहेका छन् । सो बैठकमा पार्टीका पूर्व पदाधिकारीहरुको समेत सहभागीता छ ।

प्रधानमन्त्री दाहालले सत्तामा आउनुअघि स्थानीय तहको निर्वाचन गरेलगत्तै नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति गरेका थिए । सो सहमति अनुसार दाहालको राजीनामा आएपछि अबको सत्ता नेपाली कांग्रेसले सञ्चालन गर्ने छ ।

त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । देउवाले मधेशी दलहरुलाई समेत समेट्ने प्रयास गरिरहेका छन् । तर आन्दोलनमा होमिन लागेको राष्ट्रिय जनता पार्टी नेपालले भने सरकारमा नजाने बताइहेको छ ।

प्रतिकृया दिनुहोस